राधिका खतिवडा
गोली चल्यो प्रहरी निलम्बनमा पर्यो
किनकी प्रहरीलाई नागरिक बन्न दिँईदैन ।
शासकको सत्ता टिकाउने साधन बनाईएको छ ।
बिबेक प्रयोग गर्यो भने त्यो प्रहरी हुदैन,
आदेश पालन गरे मात्र उ बफादार हुन्छ ।
गोली नचलाए नी कोही न कोही
प्रहरीलाई निलम्बन गरिन्थ्यो,
कोही प्रहरीलाई हेडक्वाटर तानियो भन्ने समाचार आउँथ्यो ।किनकी त्यहाँ मन्त्रीज्यूको गाडि जलेको थियो ।
गाडिको सुरक्षा गर्न नसकेको भनिन्थ्यो ।
मन्त्रीज्युको गाडी पनि हामी नागरिकको सम्पत्ति हो नि
तर हामीले किन बुझ्न सकेनौ ।
आपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ
बिपतमा नागरिकलाई प्रहरी नै चाहिन्छ
नागरिकका सबै दुःखमा प्रहरी नै चाहिन्छ
प्रहरी आफू रातभर नसुती नागरिकलाई सुत्न दिन्छ
आफ्नो ज्यान जोखिममा राखेर नागरिक बचाउछ
कोभिटमा आफू मारेर जनता बचाउने प्रहरी नै हो
भूकम्पमा आफू पुरिएर नागरिक जोगाउने पनि प्रहरी नै हो ।
शासकको रिस पनि प्रहरीलाई नै हुन्छ,
मेरो गाडिको समेत सुरक्षा गर्न नसक्ने भनेर निलम्बन गर्छ ।
नागरिकको रिस पनि प्रहरीलाई हुन्छ हामीलाई गोली हान्ने ?
भन्नुस न त बिचरा प्रहरी पनि नागरिक हो ।
गोली चलाएर कोहि निलम्बन भयो ।
गोली नचलाएको भए पनि कोही निलम्बन नै हुन्थ्यो ।
गोलीले गर्दा एउटा गरिब नागरिकको ज्यान गयो
गोलीले गर्दा अर्को गरिब प्रहरीको जागिर गयो ।
अदृश्य र मैखिक आदेशकर्ता महोदय हरूले कहिले बुझ्ने ?
प्रहरीलाई नागरिकप्रति बढी उत्तरदायी बनाउ ।
शासकको प्रहरी होईन र हुन पनि सक्दैन ।
सत्तामा रहदा पनि सत्ता बाहिर हुदा पनि
सत्ता सञ्चालक हरूले प्रहरीलाई नागरिक बनाउ ।
प्रहरी नागरिकको हो,
प्रहरी वर्दिका नागरिक हुन भने नागरिक विना वर्दिका प्रहरी हुन ।
सबै धटनामा प्रहरीको मात्र दोष हुने भए
अरू सबै जिम्मेवार निकाय केही होईनन त ?
राम्रो काम मेरो सरकारले गर्यो भन्ने नराम्रो जति प्रहरीले ?
हाम्रो नराम्रो बानि, ब्यबाहार र सोचमा निलम्बन गरौ ।
हरेक घटनामा प्रहरीलाई निलम्बन गरेर बहादुर नबनौ ।
(अधिवक्ता राधिका खतिवडाकाे फेसबुकबाट)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google