काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिव र १८ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयले झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलासहित २० जना उपसचिवको एकैपटक सरुवा गरेको हो ।
गत साउन १३ गते रक्सीको नशाले लठ्ठ भएर एक डिर्भोसी महिलासँग अनैतिक हर्कत गरेको भिडियो सार्वजनिक भएपछि विवादमा परेका निरौलालाई भने मन्त्रालयले अतिरिक्त समूहमा राखेको छ । उनको स्थानमा तारकेश्वर नगरपालिकामा रहेका गणेशराज कार्कीलाई पठाइएको छ ।
हेर्नुहोस् सरुवा भएका कर्मचारीहरुको नामावली