काठमाडौं । मंसिर ४ मा भएको निर्वाचनपछि गठन भएको प्रतिनिधिसभाले पाँच महिनापछि विषयगत समिति गठन गरेको छ। शुक्रबार बसेको संसद्को बैठकले समिति गठन गरेको हो ।
सभामुख देवराज घिमिरेले संसदीय विषगत समितिमा रहने सदस्यहरूको नाम संसद्मा प्रस्तुत गरेका छन्। ती नामलाई बैठकले पारित गरेको छ ।
पुस २५ गतेबाट प्रतिनिधिसभाको अधिवेशन शुरू भएको थियो । प्रतिनिधिसभा नियमावली २०७९ पारित भएपछि सोहीअनुसार नै संसदीय समिति गठन भएको हो ।
प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभामा १० वटा विषयगत समिति रहेका छन् । राष्ट्रियसभाको समेत गरी दुई वटा विषयगत समिति रहेका छन् ।
संयुक्त समितिअन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति छन् । संयुक्त समिति भने अझै गठन भएको छैन ।