प्रहरीलाई बालेनको आग्रह: यी १९ बिट आफै भत्काउनू, नत्र बाध्य हुनेछौँ

दर्पण दैनिक २५ चैत्र २०७९,१२:२५
post

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले काठमाडौं महानगरपालिका क्षेत्रभित्र सडकपेटी र सडकमा पर्ने प्रहरी बिट भत्काउन आग्रह गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले  नेपाल प्रहरीले नै बाटो मिचेर संरचना बनाउनु गलत भएको बताए। उनले ती संरचना प्रहरीले आफै हटाइदिन आग्रह गरेका छन् । अन्यथा समतामूलक कानूनको प्रयोग गरी संरचना भत्काउन बाध्य हुने चेतावनी उनले दिएका छन् ।


'फुटपाथ सँधै मान्छे हिड्नका लागि प्रयोग हुनु पर्छ भनेर हामीले फुटपाथमा व्यापार गर्न रोकेका छौँ । यो नियम सर्वसाधारणका लागि मात्रै होइन, सबैका लागि हो र हुनु पर्छ,' उनले भनेका छन्, 'कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत हुन्छ। त्यो संरचना प्रहरी आफैले हटाउनुहोला ।'

उनले महानगरपालिकाभित्र १९ प्रहरी बिटले बाटोमा संरचना बनाएको भन्दै विस्तृत जानकारी पनि राखेका छन् । यस्तै उनले राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेको पनि बताएका छन् । 

 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७