
काठमाडौँ । नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्की आएका छन् । प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
यसअघि प्रवक्ता रहेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
डीआईजीपीलाई दिइने प्रवक्ताको जिम्मेवारी अहिले प्रहरी महानिरीक्षकको सचिवालयमा उक्त पद रिक्त भएकाले एसएसपी कार्कीलाई प्रवक्ता बनाइएको हो ।