डुवान तथा पहिरोमा परेकाहरुको उद्वार कार्यमा सशस्त्र प्रहरी

दर्पण दैनिक २३ असार २०८१,२०:३३
post

काठमाडाैं । असार २२ गते अविरल वर्षाको कारण देशका विभिन्न ठाउँमा गएको पहिरो तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । डुवान तथा पहिरोमा परेका घरपरिवारको सामान तथा पशु चौपायाहरुलाई समेत सुरक्षित स्थानमा सारिएको छ । 
 
दाङ जिल्लाको लमही नगरपालिका–८ सतवरिया गाउँमा डुवान परेका २५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २९ ज्वालामाई गण दाङ र नं. ४१ रिजर्भ गण अर्जुनखोल दाङबाट खटिएको सुरक्षा फौजले रवर बोटको सहायताले उनीहरुको सकुशल उद्वार गरेको हो । सोही स्थानका करीव ५० घरहरु डुवानमा परेका  थिए ।

त्यसैगरी दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षिय तुलाराम यादव र ४० वर्षिय दयाराम यादवको सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुन खोला दाङबाट खटिएको सुरक्षा फौजले सकुशल उद्वार गरेको हो ।  दाङ जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदिमा पानीको बहाव बढी उनीहरुको सो नदिको दोभानमा फसेका थिए ।

त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको समेत सकुशल उद्वार गरिएको हो ।

काठमाडौंको कीर्तिपुर नगरपालिका–१० ल्याबोरोटरी स्कुल नजिकै बागमती नदिमा फसेका ३ जनाको  सशस्त्र प्रहरीको गोताखोरले सकुशल उद्वार गरेको छ । 

उनीहरु सो नदिमा फसेका भन्ने खबर पाउनासथ सशस्त्र प्रहरी बल नेपाल नं.२० बिपद् उद्धार गण सिनामंगल र नं. १८ निलबाराही गण कीर्तिपुरको सुरक्षा फौज त्यस ठाउँमा खटिएको थियो ।  उद्वार गरिएकाहरु हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा रहेका छन् ।


तनहुँ  जिल्ला म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बाढिमा फसेका  ६ जनाको सकुशल उद्वार गरिएको छ । बाढीको कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल  नं. २३ मनकामना  गण भानु तनहुँ बाट  खटिएको २५ जना सुरक्षा फौजले डोरिको सहायताबाट उनीहरुको सकुशल उद्वार गरेको हो ।


यसैगरी तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २३  मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । 

त्यस्तै बाढिको कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरी बल नेपाल  नं. १५ गण काभ्रेबाट खटिएको टोलीले खुलाएको हो ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित अबरुद्ध बिपी राजमार्गमा खुलाउँदै विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीको सुरक्षा फौज परिचालन भएका थिए भने ललितपुरस्थित धापाखेलमा समेत वर्षाको कारण अलपत्र परेकाहरुको नं. २१ दक्षिणकाली गणको टोलीले सुरक्षित स्थानमा सारेको थियो ।

भक्तपुर जिल्ला चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा  पानी पसेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बांस र जस्तापाताले अस्थायी बार बनाएको छ ।

त्यसैगरी वर्षाको कारण उपत्यकाको डुवानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी, तारकेश्वर ईलाका, पेप्सीकोला, धोविखोल करिडोल ईलाका, महालक्ष्मी कर्मनासा खोला, धापाखेल, टिचिङ्ग ईलाकामा र नंखु ईलाकामा परिचालित रहेका छन् । त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, समेत परिचालित भएका छन् ।

सो स्थानहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौबाट उपत्यकास्थित नं. २० विपद उद्धार गण सिनामंगल नं. २१ दक्षिणकाली गण र नं. २२ गुहेश्वरी गण भक्तपुरको सुरक्षा फौज परिचालित भएका हुन् ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७