रास्वपाकाे दल दर्ता खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन

दर्पण दैनिक २९ माघ २०७९,१२:३७
post

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको दल दर्ता खारेज गर्न माग गर्दै आइतबार निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता हुँदाकै बखत कानुनी रूपमा अवैधानिक तथा अयोग्य रहेको दाबी गर्दै  युवराज सफलले निवेदन दर्ता गराएका हुन् ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा (५) को उपदफा (च) को व्यवस्था हेर्दा पार्टी दर्ता कायम हुन न्यूनतम २१ जनाको केन्द्रीय समिति चाहिन्छ तर निवेदनको बुँदा नं. (२)को निर्णयबाट पार्टी सभापति रवि लामिछाने तत्कालीन समयमा दल दर्ता गर्न अयोग्य रहेको भन्ने पुष्टि भएसँगै २१ जनाको केन्द्रीय समिति २० जनामा सीमित भएको छ । यो अवस्था पार्टी दर्ता हुन अयोग्य भएको अवस्था हो,’ निवेदनमा दाबी गरिएको छ । 

पार्टीले दर्ता हुनको लागि पुरा गर्नुपर्ने न्यूनतम मापदण्ड नै पुरा नगरी दर्ता गरेकोले तत्काल सो पार्टीको दर्ता खारेज गरी सो पार्टीका तर्फबाट सञ्चालन भएका हालसम्मका राजनीतिक गतिविधि तथा कामकारबाहीलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ ।

 


सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७