
काठमाडौं । बेलायत पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिहरूसँग ११ करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक काजी कुमार आचार्यले ११ करोड ६ लाख ९७ हजार ठगी गरेको आरोपमा ४४ वर्षीय लक्ष्मण पराजुली र ४७ वर्षिय अरुणराज शर्मा पक्राउ परेका हुन् ।
पराजुली मोरङको रतुवामाई- १० घर भइ काठमाडौं महानगरपालिका- ६ सरस्वतीनगर बस्तै आएका थिए । त्यस्तै शर्मा धनुषाको सबैला नगरपालिका- १२ घर भइ हाल काठमाडौं महानगरपालिका- ३२ नरेँफाँट बस्दै आएका थिए ।
एसपी आचार्यका अनुसार हालसम्म उनीहरूले ३८ जना पीडितहरूलाई यूके पठाइदिन्छु भन्दै त्यति ठूलो रकम ठगी गरेका हुन् । वैदेशिक रोजगार विभाग ताहाचलको आग्रहमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको र विभागमा पठाइसकेको उनले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google