रुपन्देहीमा ३ वटा सवारी साधन आपसमा ठोकिँदा २७ वर्षीया युवतीको मृत्यु

दर्पण दैनिक ४ भाद्र २०८१,०९:०१
post

काठमाडाैँ । रुपन्देहीमा ३ वटा सवारी साधन आपसमा ठोकिँदा भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । सोमबार राति बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको बोलेरो जिप, बँदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कँदै गरेको नम्बर नखुलेको मोटरसाइकल र मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर आपसमा ठोकिँदा २७ वर्षीया युवतीको मृत्यु भएको हो । 

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क घर भई हाल बुटवल उपमहानगरपालिका–११ देविनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक दिपेन्द्र बानियाँका अनुसार युवती लु ८७ प ४५७३ नम्बरको स्कुटरमा सवार थिइन् । 

मुर्गियाबाट बुटवल तर्फ आउँदै गरेकी श्रेष्ठलाई बुटवल उपमहानगरपालिका–१२ शान्तीचोकमा नम्‍बर नखुलेको मोटरसाइकलले सुरुमा ठक्कर दिएको थियो ।मोटरसाइकलको ठक्करबाट अनियन्त्रित भएको स्कुटर लु १ च ६७८३ नम्बरको बलेरो जिपमा ठोकिँदा युवतीको मृत्यु भएको हो । दुर्घटना परी गम्भीर घाइते भएकी श्रेष्ठको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: