बिन्दवासिनी सहकारीको ७ करोड हिनामिना प्रकरण : थप दुई जना पक्राउ

दर्पण दैनिक २७ असार २०८१,०७:४६
post

पोखरा । पोखराको विन्दवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार भएको आरोपमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा–१७ बिरौटाका ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समिति संयोजक ४५ वर्षीय बुद्धिसागर ढकाल छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुलाई पक्राउ गरेर अदालतमा उपस्थित गराएको छ । सहकारीको रकम अपचलन सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालयले छानबिन गर्दा झण्डै सात करोड हिनामिना देखिएको छ ।


सहकारीका अध्यक्ष सुवर्णमान नकर्मी, सञ्चालक समिति सदस्य कृष्णमान श्रेष्ठ र मेडिकल व्यवसायी उदित पौड्याल पुर्पक्षका लागि जेलमा छन् । अध्यक्ष नकर्मी र सचिव गंगाधर सुवेदीले मिलेर कार्यसमितिका अरूको कीर्ते हस्ताक्षर गरी रकम दुरुपयोग तथा हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: