नेपालको रोटरी क्लबका प्रशिक्षकहरुलाई प्रशिक्षण

दर्पण दैनिक १४ पुष २०८०,०७:०५
post

सिन्धुली । रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल-भुटानमा आबद्ध नेपालभरका प्रशिक्षक रोटरियनहरुलाई सिन्धुलीको मुलकोटमा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपालभरका रोटरी क्लबहरुमा आबद्ध प्रशिक्षकहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रोटरी डिस्ट्रिक्ट ३२९२ को प्रशिक्षण समितिका सह-अध्यक्ष बिष्णुहरि दाहालले बताए ।

शुक्रबार र शनिवार चल्ने प्रशिक्षणलाई रोटरीका प्रमुख प्रशिक्षकहरु जयन्द्र रिमाल, लक्ष्मण ज्ञवाली, सञ्जय गिरी, दिलेन्द्रराज श्रेष्ठ, जितेन्द्रबहादुर राजभण्डारी र सन्तोष रिजालले प्रशिक्षण दिनेछन् ।

यसैगरी, प्रशिक्षणकै दौरान आयोजित प्यानल छलफलमा प्यानलिस्टहरु डिस्ट्रिक्ट गभर्नर राजेन्द्रप्रसाद ध्वजू, डिस्ट्रिक्ट गभर्नर (इलेक्टेड) राजेन्द्रमान शेरचन र डिस्ट्रिक्ट गभर्नर (नोमिनी) बिनोद कोइराला रहेका छन् । प्रशिक्षण कार्यक्रममा विभिन्न रोटरी क्लबका ७५ जना सहभागी छन् ।

रोटरियनहरु बिष्णुहरि दाहाल, अशोकमान कपाली र अशोक प्याकुरेलले कार्यक्रमको सहजीकरण गरेका छन् । ‘स्वार्थभन्दा माथि सेवा’ भन्ने भावकासाथ सामाजिक सेवामा कार्यरत रोटरी अभियान नेपालमा सन् १९५९ मा सुरु भएको हो ।

हाल रोटरी डिस्ट्रिक्ट ३२९२ मातहत १५४ क्लबमा ५ हजार ५४२ जना सदस्य आबद्ध छन् ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: