एसएसपी डा. मनोज केसीद्वारा लिखित पुस्तक विमाेचन

दर्पण दैनिक ५ श्रावण २०८०,१७:१४
post

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी रहेको बताएका छन् ।  नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीद्वारा लिखित ‘Enhancing Policing in Nepal, Human Security Informed Approach, Concept & Implications’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदा रहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानको लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गरे । जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भएपनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने र नेपाल प्रहरी फिल्ड ड्यूटीमा मात्रै हैन बौद्धिक क्षेत्रमा पनि सक्षम छ भन्ने दृष्टान्त यस पुस्तक विमोचन समारोहको सन्देश भएको उनले उल्लेख गरे । साथै यस पुस्तक नेपाल प्रहरी लगायत देश-विदेशका अन्य सुरक्षा निकायको लागि पनि महत्वपूर्ण दस्तावेजको रूपमा रहने विश्वास उनले व्यक्त गरे । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of center for Peace and Conflict studies, Cambodia का डा.एम्मा लेस्लीले उक्त पुस्तक विमोचन गरेका थिए ।

नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of center for Peace and Conflict studies, Cambodia का डा. एम्मा लेस्लीले पुस्तक सम्बन्धी आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्दै पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताए । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले पुस्तकको विषयबस्तु, रिसर्चका लागि अपनाइएका उपायहरू लगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गरेका थिए । 

समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिव, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 
 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: