
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा बस दुर्घटना हुँदा २ जनाको मृत्य र १८ जना घाइते भएका छन् । वडा नं ५ र ६ को सीमाना पर्ने जयठाटीमा आज साँझ ५ बजे देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्युु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरी र स्थानीयले घाइतेहरूको उद्धार गरेका थिए । घाइतेलाई अर्घाखाँची अस्पतालमा उपचारका लागि पठाइएको र घटनाको अनुसन्धान भइरहेको मल्लले बताए । रासस
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google