स्लोभाकिया पठाइदिने भन्दै ठगेको आरोपमा एक महिला पक्राउ

दर्पण दैनिक २५ माघ २०७९,१४:११
post

काठमाडौं ।  स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं. ९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मधुमाया थापा छिन् ।

उनले लक्ष्मण शाही समेतलाई वैदेशिक रोजगारीको लागि स्लोभाकिया पठाइदिन्छु, स्लोभाकियामा पुगेपछि प्रतिष्ठित कृषि कम्पनीमा खाना प्याकिङ्को काम लगाईदिन्छु भन्दै ८ लाख ५०हजार रुपैयाँ ठगेको प्रहरीको दाबी छ ।

स्लोभाकियामा मासिक डेढ लाख तलब हुने त्यहाँ जान ९ लाख रुपैयाँ लाग्छ भन्दै उनले पैसा लिएको भन्ने उजुरी परेपछि वैदेशिक रोजगार विभागले काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा पक्राउका लागि पत्राचार गरेको थियो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाएको महाशाखाका प्रहरी उपरीक्षक  सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५