काठमाडौं । काठमाडौंको भोटेबहालमा इनारमा खस्दा दुई जनाको मृत्यु भएको छ । भोटेबहालस्थित एक घरमा पेन्टिङ गरिरहेका उनीहरू इनारबाट पानी तान्नेक्रममा डुबेका हुन् ।
पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि सुरुमा झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु मोटर निकाल्न गएका थिए । उनी नफर्किएपछि उनलाई बचाउन गएका सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङ पनि त्यहीँ फसे । दुवै जनाको इनारभित्र ज्यान गएको काठमाडौं प्रहरी प्रवक्ता एसपी सिताराम रिजालले बताए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google