काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै भएको बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या २३१ पुगेको छ ।नेपाल प्रहरीका अनुसार अनुसार हालसम्म २४ जना बेपत्ता छन् भने १६५ जना घाइते छन् ।
यस्तै, बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ । प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनुका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google