काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अंशु गौतमको हत्यामा संलग्न एक आरोपीलाई पक्राउ गरेको छ । मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १२ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि प्रहरीले छिमेकीलाई नै पक्राउ गरेको हो । सिआइबीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा मोरङ लेटाङ २ फडानीका ५८ बर्षिय पदम बहादुर अधिकारी रहेका छन् । २ महिना लामो अनुसन्धानपछि प्रहरीले अधिकारीलाई फडानीबाटै मंसिर १९ गते पक्राउ गरेको हो ।
गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । घटनास्थलमा वरामद भएका कपडा, हाफ पाईन्ट, चप्पल र घडिको आधारमा हो भनि परिवारबाट सनाखत भएको थियो ।
अनुसन्धानको सिलसिलामा केन्द्रीय अनुसन्धान ब्यूरो, कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीबाट घटना सम्बन्धी सुक्ष्म रूपले सूचना संकलन तथा प्राविधिक विश्लेषण गरी घटनामा संलग्न पदम बहादुर अधिकारीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान भईरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
अधिकारीले अंशु गौतमलाई विभिन्न प्रलोभन देखाइ अन्दाजी साढे ४ किलोमिटर पर वेलवारी चिसाङ सामुदायिक वन जंगल भित्र लगि हसियाले घाँटी रेटि विभत्स हत्या गरेको अनुसन्धानबाट खुल्न आएको सिआइबीले जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)

















प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google