काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा हुने ठगीका घटनाका दोषिलाई धमाधम पक्राउ गर्दै आएको छ । यसैक्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले युके पठाई दिन्छु भनी रकम ठगी गरेको आरोपमा वर्ष ३४ की लक्ष्मी लिम्बुलाई पक्राउ गरेको छ । मोरङ उर्लाबारी नगरपालिका ९ घर भई हाल जिल्ला ललितपुर २५ भैँसेपाटी बस्ने लक्ष्मी लिम्बुलाई पक्राउ गरेको हो ।
लक्ष्मी लिम्बुले रविन सैजुसमेत ४ जनालाई वैदेशिक रोजगारीको लागि युके पठाईदिन्छु भनी उनन्तीस लाख अठासी हजार रुपैयाँ रकम लिई फरार भएकी थिइन् ।
लिम्बुले युके जान प्रतिव्यक्ति रु तेइस लाख रुपैयाँ लाग्छ, युके पुगेपछि केयर गिभरमा मासिक रु चार लाख बीस हजाररुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरुबाट पटकपटक गरी उनन्तीस लाख अठासी हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको वैदेशिक रोजगार विभागले प्रहरीलाई पत्र लेखेको थियो ।
लिम्बुलाई अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)






























































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google