तपस्वी बम्जनलाई थुनामा पठाउन आदेश

दर्पण दैनिक २६ पुष २०८०,२०:११
post

काठमाडौं । ‘तपस्वी’ नामले परिचित रामबहादुर बम्जनलाई बालयौन दुरुपयोग मुद्दामा जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएको छ ।

मंगलबार राति काठमाडौंको बुढानिलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ बम्जनलाई जिल्ला अदालत सर्लाहीका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला अदालत सर्लाहीमा बिहीबार नै बम्जनको बयान लिइएको थियो । बम्जनलाई थुनामा पठाउने आदेश माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीका प्रमुख कैलाश दाहालले बहस गरेका थिए ।

त्यस्तै बम्जनको पक्षबाट आधा दर्जनभन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए । दुवै पक्षको बहस सकिएपछि रेग्मीले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बम्जनलाई मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालयमा पुर्याएको थियो ।

आफ्नो आश्रममा यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण गरेको मुद्दा बम्जनमाथि थियो । बाराको निजगढ नगरपालिका–१२ रतनपुरी स्थायी घर भएका उनीविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो ।

जिल्ला अदालत सर्लाहीले थुनामा पठाउने आदेश दिएपछि बम्जनलाई अब कारागार चलान गरिनेछ । बम्जनविरुद्ध अर्को मुद्दा पनि गृहजिल्ला बारा छ । बाराको रतनपुरी जंगलस्थित आश्रमबाट एकजना अनुयायीलाई बेपत्ता बनाएको आरोपसहित जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: