दुर्घटना अपडेट : गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु

दर्पण दैनिक १७ चैत्र २०८०,०८:५०
post

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ ।शनिबार बिहान बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५, सिमलधारबाट त्रिशुली नदीमा खसेको हो । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी श्रीराम भण्डारीले जानकारी दिए । 

उनका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा एक बालिकासहित तीन महिला र दुई जना पुरुष छन् । दुर्घटनामा ज्यान गुमाएका पाँचै जनाको शव प्रहरीले नदीबाट बाहिर निकालिसकेको डीएसपी भण्डारीले बताए ।

उनका अनुसार मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: