पूर्वमन्त्री लामाको उपस्थितिमा नमोबुद्धमा राहत वितरण, पीडितकाे घरमै पुग्दै कांग्रेसका नेता

दर्पण दैनिक ६ कार्तिक २०८१,१२:२८
post

काभ्रे । केही समय अगाडिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावित भएका नमोबुद्ध नगरपालिका वडा १, १० र ११ मा राहत वितरण गरिएको छ । नेपाली कांग्रेस काभ्रेका सभापति, पूर्वमन्त्री तथा बागमती प्रदेश सभा सदस्य तीर्थ लामाको उपस्थितिमिा सो राहत वितरण गरिएको हो । 

नेसाङ मनाङ महिला समाज र दया फाउण्डेशन संस्थाहरुले उपलब्ध गराएको राहत वितरण गरिएको हो । बाढी र पहिरो पीडितहरुलाई चामल, नुन, तेल, साबुन, चाउचाउ, बिस्कुट र लत्ता कपडा र लताकपडाहरु वितरण गरिएको बताइएकाे छ । 

कांग्रेस काभ्रेका सभापति तथा पूर्व खानेपानी मन्त्री तीर्थ लामा, नेपाली कांग्रेस प्रदेश सभा १ (ख) का सभापति चन्द्रबहादुर लामा, तरुण दल काभ्रे जिल्ला सभापति सुजन लामा तथा तरुण दलको समुह, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, नेपाली कांग्रेसका नेताहरु  र सहयोगी संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा राहत वितरण गरिएको सभापति तीर्थ लामाको सचिवालयले जनाएको छ । 

बाढी पहिरोले क्षति गरेसँगै तीर्थ लामाले कांग्रेसका सबै नेता कार्यकर्तालाई उद्धार र राहतमा खटिन अनुरोध गरेका थिए । लामा आफैँ उद्धारमा खटिएका थिए । जिल्लामै पीडा परेको भन्दै लामाले आफू हरेक पीडितको घर घरमा पुग्ने र सरकारसँग सहयोग लागि आग्रह गने बताएका थिए । 

राहात वितरण गर्दै लामाले पीडितहरूको घाउमा मलम लगाउँदै बाढी पहिरोले क्षतिग्रस्त ठाउँहरूमा चाँडोभन्दा चाँडो पुन निर्माण गर्नको लागि र विद्युत सेवा सुचारू गर्नको लागि समेत सरकारसँग पहल गर्ने बताएका छन्  । 

उनले भने, ‘म जनताकै सेवा गर्न राजनीतिमा आएको हुँ । यहाँका जनताको समस्या नै मेरा आफ्ना समस्या हुन्, समाधान गर्न प्रदेश सरकार र संघीय सरकारसँग पुर्याएर पहल गरिरहेको छु ।’ 

गत शुक्रबार मात्र नेपाली कांग्रेस काभ्रेले बाढी पहिरोमा ज्यान गुमाउने ७८ जनाकै परिवारसम्म पुग्ने निर्णय गरिसकेको छ ।  सभापति लामाको अध्यक्षतामा बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै ७८ जनाकै परिवारसम्म पुग्ने निर्णय गरेको हो । 

जिल्ला कार्यसमितिको बैठकले  मृतकका परिवारलाई समवेदना प्रकट गर्न र अवस्था बुझ्न १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नै पुग्ने निर्णय गरेको जिल्ला सभापति तीर्थ लामाले जानकारी दिए । 

उनले भने, ‘यसअघि उद्धार, राहत र सहयोग लिएर सम्बन्धित पालिकामा हामी, पार्टीका साथीहरु र भातृ संगठनहरु पुगिसकेका छौं, मृतक सबैका परिवारलाई समवेदना दिन र अवस्था बुझ्न जिल्ला कार्यसमिति र पार्टीका नेता कार्यकर्ताहरु अनिवार्य जाने निर्णय गरेका छौँ ।’

बैठकले बाढी र पहिरो प्रभावित काभ्रेका १३ वटै स्थानीय तहलाई विपद संकटग्रस्त पालिका घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको लामाले बताएका छन् । 

लामाका अनुसार विपद प्रभावित काभ्रेमा खानेपानी, सडक पूर्वाधारको समस्या भएको भन्दै कांग्रेसले तत्कालको लागि अनुदान पठाउन पनि माग गरेको छ । विपदपछिको उद्धार, राहतमा खटिने पार्टीका नेता कार्यकर्ता र सम्बद्ध सबैमा कांग्रेसले आभार पनि प्रकट गरेको छ । असोज दोस्रो साताको अविरल बर्षाले बाढी र पहिरोको कारण काभ्रेमा ७८ जनाले ज्यान गुमाएका थिए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: