गोकुल बास्कोटालाई महाभारतका उपाध्यक्ष सागर मोक्तानको प्रश्न– राजनीति के का लागि ?

दर्पण दैनिक १७ आश्विन २०८०,२०:५५

बास्कोटाले संसदमा बोलेको विषयलाई लिएर महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तान आक्रोशित

post

काभ्रे । महाभारत गाउँपालिकाका उपाध्यक्ष सागर मोक्तानले काभ्रे क्षेत्र नं २ बाट निर्वाचित सांसद तथा एमाले नेता गोकुल बास्कोटालाई राजनिति केका लागि ? भन्दै प्रश्न गरेका छन् । सांसद तथा एमाले नेता गोकुल बास्कोटाले  प्रतिनिधि सभा बैठकमा बोलेको कुरालाई लिएर मोक्तानले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस पोष्ट गर्दै सो प्रश्न गरेका हुन् ।

उपाध्यक्ष मोक्तानले संसदमा सांसद बास्कोटाले महाभारतमा निर्माण भइरहेको बाटोको विषयमा नकारात्मक टिप्पणी गरेको बताएका छन् । उनले बास्कोटाले प्रतिनिधि सभामा गरेको सम्बोधन र वागमती प्रदेशका अर्थमन्त्री बहादुरसिंह लामाले बजेट भाषणमा बोलेको भिडियो पोष्ट गरेका छन् । उनले सांसद बास्कोटालाई विकास विरोधी सांसदको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘माननीय ज्यु क्षेत्र तपाईको परेन होला तर जिल्ला त तपाईको पनि त हो नि ।  आज विकासको बिरोध गरिरहँदा हिजो तपाई पनि सत्तामा हुँदा तपाईले बिरोध गरेको ठाउँको विकासका लागि तपाईँले के गर्नु भो ? हिजो तपाई सत्तामा हुँदा तपाईको क्षेत्रमा ७२ करोड हान्देकै हो । अरबौ हान्देकै हो । अझ धेरै हान्छु भन्दा सत्ताको दुरुपयोग भाको कि नभाको ? कि तपाईले भनेकै ठाउँमा विकास हुँदा ठिक नहुँदा बेठिक हो ?’ 

 

यस्तो छ, उपाध्यक्ष मोक्तानको स्टाटस जस्ताको त्यस्तै


राजनिति केका लागि ?  
बिकासको लागि राजनिति कि राजनितिका लागि बिकास ।  
सन्दर्भ , 
पिन्थलि , महाभारत गाउंपालिका हुदै झुरझुरे सम्मको सडक निर्माणको ।   
सदियौं देखि बिकासको मुहार नदेखेको महाभारत गाउंपालिका , काभ्रे । 
आज धेरै समयको कोशिस , राजनिति संगै गरेको बलिदानी , धेरै अग्रज र धेरै युवाहरुको जगरुकताले महाभारत गाउंपालिका मा बिकासको मुहार देख्छ कि भन्ने लागेको थियो ।  तर केहि माननियको राजनिति हेर्दा साच्चिकै महाभारत गाउंपालिकालाई नाम अनुसारको महाभारत जस्तै महाभारत बनाउन लागेको हो कि जस्तो लाग्यो । तर हेक्का होस माननिय ज्यु महाभारतमा सत्य र असत्यको युद्द हुदा युद्द सत्यले नै जितेको कुरा सत्य छ ।  
हुन त बिकास हुदां खुशि अनि बिकास नहुदा दुख जहां काहिको जनताको हुन्छ । मलाई बिकास नहुदाको दुख भन्दा पनि एउटा जनप्रतिनिधि ले बिकासको बिरोध सम्मानित सदनमा ठुलो स्वर गरेर बोल्दा अचम्म लाग्यो अनि धेरै दुख पनि ।  झन दुख यसमा लाग्यो कि सत्ताको दुरुपयोग गरेर बिकट ठाउंमा बिकास गर्यो भन्दा ।  
त्यो पनि काभ्रेकै जनप्रतिनिधिले काभ्रे कै बिकासको बिरोध ।  
माननिय ज्यु क्षेत्र तपाईको परेन होला तर जिल्ला त तपाईको पनि त हो नि ।  आज बिकासको बिरोध गरिरहदा हिजो तपाई पनि सत्तामा हुदा तपाईले बिरोध गरेको ठाउंको बिकासका लागि तपाईले के गर्नु भो । हिजो तपाई सत्तामा हुदा तपाईको क्षेत्रमा ७२ करोड हान्देकै हो । अरबौ हान्देकै हो । अझ धेरै हान्छु भन्दा सत्ताको दुरुपयोग भाको कि नभाको ? कि तपाईले भनेकै ठाउंमा बिकास हुदां ठिक नहुदा बेठिक हो ? 
तपाई ले राजनितिका लागि बिकास गरेको कुरा त यो व्यवहारबाट प्रष्ट भयो ।  
अव महाभारत गाउंपालिका अर्थात काभ्रे क्षेत्र नं १ को जनताले प्रष्ट कुरा बुझ्न जरुरि छ । हाम्रो माननिय ज्युले काभ्रेको १ को जनतालाई सौतिनिको व्यवहार गर्नु हुने रहेछ । अव जनताले चिन्न जरुरि छ ।  हामिले काभ्रेको बिकासप्रेमि नेता भनेर उहांलाई मानेका थियौं तर आज प्रष्ट भो उहां स्वार्थ सहितको राजनिति गर्नु हुदोरहेछ ।    
अन्तमा , संघिय सरकार र बाग्मति प्रदेश सरकार प्रति महाभारतको जनताको तर्फबाट हार्दिक आभार ।     
बिकासको काम अगाडि बढिसकेको छ । 
यदि यो बिकासको काममा कुनै अवरोध भयो या बिकासमा तलमाथि भो भन्ने यसको जिम्मेवार आफ्नो क्षेत्रको लागि ७२ करोड हान्देकै हो , अरबौ हान्देकै हो भन्ने माननिय हुनेछ ।   
बिकासका लागि राजनिति गरौं , राजनितिका लागि बिकास होईन ।   
मैले मात्र जानेको छु , म मात्र सर्वेसर्वा हो भन्ने भ्रमबाट मुक्त होऔं ।   
हाम्रो महाभारत , हामि महाभारतवासि ।।  
बांकि कुरा यो भिडियोले बोल्छ ।।

 

 

 

 

 

 

 

 

 

 

के भनेका थिए  बास्काेटाले  ? भिडियाे याे लिंकमा हेर्नुहाेस

 https://youtube.com/shorts/rzIODuQLo0M?si=MiYmsJGyC1axPTA3 

 

 

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: