बागमती प्रदेशसभा दोस्रो कार्यकालको सातौँ बैठक बस्दै आज

दर्पण दैनिक २२ माघ २०७९,०८:५५
post

हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ बैठक आज आइतबार बस्ने भएको हो । प्रदेशसभा सचिवालय हेटौँडाले आज २ बजेका लागि आह्वान गरेको हो । गत माघ ३ गते मुख्यमन्त्री सालिकराम जम्मकट्टेलले विश्वासको मत लिएपछि अनिश्चितकालका लागि स्थगित भएको प्रदेशसभाको बैठक २२ गते दिउँसो २ बजे बस्ने भएको हो । 

प्रदेशसभाका बैठक बस्नुअघि आज नै बिहान ११ बजे सर्वदलीय बैठक बस्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए । उक्त सर्वदलीय बैठकले दिउँसो बस्ने प्रदेशसभा बैठकको कार्यसूची तय गर्ने प्रवक्ता गुप्ताले बताए । आज बस्ने प्रदेशसभा बैठकमा संसदीय समितिको विषयले प्रवेश पाउने र समितिका सभापतिको निर्वाचनको कार्यक्रम निर्धारण गर्ने सम्भावित कार्यसूची रहेको उनको भनाई छ ।

यस अघिको प्रदेशसभा बैठकले अनुमोदन गरेको प्रदेशसभा नियमावली संशोधन गरी संसदीय समितिको कार्य क्षेत्र निर्धारण गर्ने, संसद्बाट स्वीकृत भइसकेको ५ वटा अध्यादेश सम्बन्धी प्रतिस्थापन विधेयकको विषयमाथि छलफल हुन सक्ने उनले बताए । बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना, एमालेका २७ जना, माओवादीका २१, एकीकृत समाजवादीका ७, राप्रपाका १३, नेमकिपाका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी ११० जना सांसद रहेका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: