इन्द्रजात्राको अवसरमा पाटनमा 'लिटिल स्टार नेपालभाषा म्ये कासा' आयोजना हुने

सन्तोष दहाल ८ भाद्र २०८०,१४:५३
post

सन्तोष दहाल, ललितपुर । विभिन्न पर्वहरुमा सांगितिक एबम कलाले भरिएको परम्परा निरन्तर गर्न विभिन्न कार्यक्रम आयोजना गर्दै आएको ललितपुर महानगरपालिका वडा नं १६ को कलाकार #समितिले यस वर्षको इन्द्रजात्रा(येँन्यापुन्ही) को अवसरमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

इन्द्रजात्राको अवसरमा टोलटोलमा हुने सांगितिक सम्मेलन त्यस क्षेत्रमा रहेका गौरवशाली कलाकारको कला विकासका लागि उल्लेखनीय वातावरण भएको र त्यही वातावरणमा जन्मे हुर्केका कलाकारको जीवन्त कलालाई उजागर गर्ने परम्परा पछिल्लो समय लोपप्राय हुँदै गईरहेको अवस्थामा उक्त परम्पराको पुन: सञ्चालन गर्ने उद्देश्यका साथ यही आश्विन ११ गते बिहीबारको दिन ' लिटिल स्टार नेपालभाषा म्ये कासा( लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता)' आयोजना गर्न लागिएको वडा कलाकार समितिद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । वडा कलाकार समितिका सचिव अनुप शाक्यले पाटन दरबार क्षेत्रको ऐतिहासिक भन्दा: क्यव( पाटन म्युजियमभित्र रहेको बगैंचा) मा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार जुनसुकै स्थान र उमेर समुहबाट यस प्रतियोगितामा भाग लिन सक्नेछन् । 

पत्रकार सम्मेलनमा ललितपुर महानगरपालिका १६ का वडा अध्यक्ष निर्मलरत्न शाक्यले  विश्व सम्पदा सुचीभित्र परेको वडाभित्रको कला,संस्कृति,सम्पदा,जात्रा, पर्वको  विकासको लागि वडामा विभिन्न समितिहरु गठन गरिएको र त्यसमध्ये कलाकार समिति एक उदाहरणीय समिति रहेको उल्लेख गरे । विगतमा पनि यस्ता विभिन्न कार्यक्रमहरु समितिले गरिरहेको र यस पटक पनि एक महत्त्वाकांक्षी योजनाको रुपमा नेपालभाषा गीत प्रतियोगिता आयोजना गरेको शाक्यले बताए । जुनसुकै वर्ग,क्षेत्र वा हातिले पनि यो प्रतियोगितामा खुल्ला रुपमा भाग लिन पाउने वडा अध्यक्ष शाक्यको भनाई छ ।

वडा कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले वडाले नवकलाकारहरुको खोजी,कला विकास,स्थापित कलाकारहरुको लागि मञ्च उपलब्ध गराउने तथा वरिष्ठलाई सम्मान दिने उद्देश्यका साथ विगत ३ वर्षदेखी गीत तथा नृत्य प्रतियोगिता,कला पाठशाला,येन्यापुन्ही(इन्द्रजात्रा) को अवसरमा सांस्कृतिक कार्यक्रम,होलिया मेला,श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत,उत्सव,न्हुँदया भिन्तुना सांस्कृतिक कार्यक्रम तथा वरिष्ठ कलाकारलाई ललितरत्न उपाधी अर्पणसाथ सम्मान गर्दै आएको जानकारी दिए । 

प्रतियोगितामा सर्वोत्कृष्ट गीत(प्रथम) लाई १ लाख नगदसहित ट्रफी र प्रमाणपत्र,उत्कृष्ट गीत(द्वितीय)लाई ७५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र,तृतीयलाई ५० हजार नगदसहित ट्रफी र प्रमाणपत्र,सान्तवनालाई २५ हजार नगदसहित प्रमाणपत्र पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट सँगीतकार र सर्वोत्कृष्ट रचनाकारलाई २५/२५ हजार नगद सहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवाधक सँगीतकारहरुको साथम गीत प्रस्तुत गर्नुपर्ने आयोजकले जानकारी गराएको छ । फारम बार्दा आफ्नो गीतको सामान्य रेकर्ड (अडिओ तथा भिडियो) आयोजकलाई पठाउनु पर्नेछ । सोही गीतको आधारमा छनोट गरी आयोजकले अडिसन राउण्डमा बोलाउनेछ भने अडिसन राउण्डमा सफल प्रतियोगी समूहमात्र प्रतियोगितामा सहभागी हुन पाउनेछ ।

प्रतियोगिताको टाईटल प्रायोजक लिटिल स्टार रेकर्डस रहेको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: