वातावरण दिवसमा झरुवारासीमा वृक्षारोपण तथा सरसफाई

दर्पण दैनिक २३ जेष्ठ २०८१,१९:४८
post

ललितपुर । ‘हाम्रो भूमी, हाम्रो भविष्य’ नाराका साथ विश्व वातावरण दिवसका अवसरमा गोदावरी नगरपालिका १३ झरुवारासीमा वृक्षारोपण, बिरुवा गोडमेल तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । बुधबार जिल्ला डिभिजन वन कार्यालय गोदावरी ललितपुर, भु तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुरको आयोजना तथा हाम्रो पर्यटन मैत्री खेलकुद क्लव झरुवारासी, अधिकृत समाज ललितपुर (असल) को सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापती ऋषिदेव फुँयाल,ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भूमी पाठक, डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत हेम बहादुर थापा,भु तथा जलाधार व्यवस्थापन कार्यालय ललितपुरका अधिकृत विश्वबहादुर भण्डारी, गोदावरी नगरपालिका १३ का वडा अध्यक्ष भास्कर थापा लगायत स्थानीय संघसंस्था, रेडक्रस, स्काउटहरुको सक्रिय सहभागिता रहेको थियो । 

उक्त कार्यक्रममा धुपीसल्ला,ज्याकाराण्डा लगायतका बिरुवा रोपिएको थियो । कार्यक्रममा सहभागी अतिथिहरुले विश्वमा बढ्दो जलवायु परिवर्तनको चुनौतीलाई न्युनीकरण गर्नका लागि वातावरण संरक्षणमा सबैको ध्यान जानुपर्नेमा जोड दिएका छन् । 

साथै झरुवारासीमा रहेको हाम्रो पर्यटन मैत्री खेलकुद क्लवले पनि सोही अवसरमा तासिन्चोक पोखरीटार क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 

क्लवले स्थानीय पर्यटन प्रवर्द्धनका लागि पोखरी पार्कको स्तरोन्नती सहित पार्क निर्माण लगायत विभिन्न सामाजिक कार्यमा सक्रिय सहयोग गर्दै आएको क्लवका अध्यक्ष दिवाकार थापाले जानकारी दिए ।

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: