देशव्यापी १ करोड वृक्षारोपण अभियान चितवनमा पनि सुरु

दर्पण दैनिक ११ भाद्र २०८१,०७:५१
post

चितवन । 'एकवृक्ष राष्ट्रको नाममा' भन्ने नाराका साथ जारी देशव्यापी १ करोड वृक्षारोपण अभियान चितवन जिल्लामा पनि सुरु भएको छ । गत श्रावण २१ गते काठमाडौँको पाशुपत क्षेत्रबाट शुभारम्भ भएको अभियान अन्तर्गत संगठनका संगठन मन्त्री सुरज पौडेलको अगुवाईमा चितवनमा सुरु भएको हो । भरतपुर महानगरपालिकाको १४ नम्बर वडाको वडा कार्यालय परिसरवाट वडाअध्यक्ष राजेन्द्र साँखीबाट अभियान सुरुवात गरिएको हो । 

कार्यक्रमलाई सरल नेपाल नामक संस्थाले सहजीकरण गरेको थियो । कार्यक्रममा वडाध्यक्ष साँखीले क्षारोपणको लाभ बताउँदै प्रत्येक परिवारका हरेक सदस्यको नाममा वृक्षारोपण गर्न आम जनसमूदायलाई आह्वान गरे । यस्तै सरल नेपालका अध्यक्ष मनिस पौडेलले भगवती मानव कल्याण संगठनको वृहत अभियानलाई सार्थक तुल्याउन आफूले होष्टेमा हैसे गरेको भन्दै आगामी दिनमा जिल्लाभर कार्यक्रमलाई लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 

यस्तै संगठनका संगठन मन्त्री सुरज पौडेलले देश भर स्वयंसेवक कार्यकर्ता र आम जनसमूदायसँगको सहकार्यमा गाउँ गाउँमा पुगेर परिवारका प्रत्येक सदस्यको नाममा वृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिने कार्यमा स्वस्फूर्त सहयोग प्राप्त भइरहेको भन्दै खुशी व्यक्त गरे । यस्तै संगठनले विगत १६ बर्षदेखि नेपालमा भय, भोक र भष्टाचार मुक्त समाज र नशा–मांशाहारमुक्त चरित्रवान समाज निर्माण गर्ने लक्ष्य लक्ष्य अन्तर्गत विविध कार्यक्रमको आयोजना गर्दै आएको पौडेलले जानकारी दिए ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७