बागमतीका पूर्व खानेपानी मन्त्री लामाद्वारा इन्द्रावती नदी नियन्त्रण आयोजनाकाे अनुगमन

दर्पण दैनिक १८ बैशाख २०८१,२१:२६
post

काभ्रे । बागमती प्रदेश सरकारका पूर्व खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री तथा प्रदेश सभा सदस्य तीर्थ लामाले मन्डनदेउपुर नगरपालिका ६ मा रहेकाे इन्द्रावती नदी नियन्त्रण आयोजनाकाे अनुगमन तथा निरक्षण गरेका छन् । नेपाली कांग्रेस काभ्रेका सभापतिसमेत रहेका लामाले आज साे आयोजनाकाे अनुगमन तथा निरक्षण गरेका हुन् ।

याे आयोजनामा लामा बागमती प्रदेश सरकारको खानेपानी उर्जा तथा सिंचाई मन्त्री हुँदा आर्थिक वर्ष २०८०/८१ मा बजेट बिनियोजन भएकाे थियाे । इन्द्रवती नदी नियन्त्रण आयोजनाकाे लागि लामा मन्त्री हुँदा ९० लाख रकम बिनियोजन गरेका थिए । 

याे आयोजनाले बिगत लामाे समय देखी इन्द्रवती नदीले सिपाघाट बस्तीको धनजनको क्षती गर्दै आएको समस्यालाई समधान गरेको वडाध्यक्ष कुमार ढकाल जानकारी दिए । 

सो क्रममा पूर्व मन्त्री लामाले सिपाघाट खानेपानी, डिपबोरिङ लगायतका योजनाहरुको अनुगमन गरेका थिए । सो अनुगमनमा मन्डनदेउपुर नगरपालिका ६ का वडाध्यक्ष कुमार ढकाल, नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाल, कोषाध्यक्ष जगनाथ गिरी लगायत स्थानीयहरुकाे सहभागीता रहेकाे थियाे ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: