तीनजना मन्त्रीसहित कोशीका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

दर्पण दैनिक १७ श्रावण २०८०,१८:२४
post

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई शपथ खुवाएका हुन् । थापासँगै ३ जना मन्त्रीहरूले पनि सपथ लिएका छन् ।
 
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाको समर्थन पाएका थापालाई मंगलबार मुख्यमन्त्री नियुक्त गरेका थिए।

नवनियुक्त मन्त्रीहरुमध्ये माओवादीका बाबुराम गौतमले आर्थिक मामिला तथा योजना, एकीकृत समाजवादीका कमल जवेगुले भौतिक पूर्वाधार र कांग्रेसका प्रदीप सुनुवारले खानेपानी, सिंञ्चाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कोशी प्रदेशका सत्ता गठबन्धनका दलहरूले मुख्यमन्त्री लिने दल बाहेकका दलहरूले रोजेर मन्त्रालय लिने सहमति गरेका थिए ।

सोहीअनुसार पहिले माओवादीले, त्यसपछि एकीकृत समाजवादीले र तेस्रोमा कांग्रेसले मन्त्रालय रोजेका हुन्। जसपाकी निर्मला लिम्बूले स्वास्थ्य मन्त्रालय रोजे पनि आज उनको शपथ भने भएन ।


सरकार बनाउन बहुमत पुर्‍याउनकै लागि सभामुखबाट राजीनामा दिएका गौतमले सरकारमा माओवादीको नेतृत्व गर्दै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: