काठमाडौं । लामो रस्साकस्सी पछि बागमती प्रदेशसभाको बैठक सूचारु भएको छ ।सरकारले प्रस्तुत गरेको विनियोजित बजेटमा प्रतिपक्षीका एजेण्डा नसमेटिएको भनदै एमाले-राप्राले निरन्तर अवरोध गरेपछि प्रभावित भएको प्रदेश सभाको बैठक सत्तारुढ दल र प्रतिपक्षीदल एमाले-राप्रपाबीच भएको सहमति अनुसार सूचारु भएको छ ।
आजको प्रदेशसभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह लामाले बजेटलाई सच्याएर प्रतिपक्षीका मुद्दाहरु सम्बोधन गर्ने प्रतिविद्धता जनाएका छन् । प्रदेशसभाको बैठकमा विशेष समय माग गरेर बोल्दै अर्थमन्त्री लामाले प्रतिपक्षी दलहरुका योजनालाई पनि समोवश गर्ने प्रतिवद्धता जनाएका हुन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google