ललितपुर । नेकपा एमाले ललितपुरको नवौँ अधिवेशन अन्तर्गत आइतबार हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा महिला उपसचिवको लागि संगीता अछामी उम्मेदवार बनेकी छन् । २०७४ देखि नै जनप्रतिनिधिको रुपमा जनताको सेवा समेत गर्दै आएकि अछामी यसअघि जिल्ला कमिटि सदस्य तथा संगठन विभाग सचिवको रुपमा थिईन ।
२०७४ मा ललितपुर महानगरपालिका १४ बाट वडा सदस्यमा निर्वाचित भएकी संगीता महानगरको कार्यपालिका सदस्य भएर काम गरिन । महिलाहरुको नेतृत्व क्षमता विकास तथा जीवनस्तर उकास्नका लागि सक्रिय भएर लागेकी उनले २०७९ मा पनि वडा सदस्य निर्वाचित भईन । वैचारिक तथा सांगठनिक कार्यमा समेत दक्खल राख्ने अछामीलाई अधिकांश कार्यकर्ताले जिताउनुपर्न्व भन्दै लविङ गरेका छन् ।
प्रजातान्त्रिक युवासंघको ललितपुर जिल्ला सदस्य भएर राजनीतिक यात्रामा लागेकी अछामी राष्ट्रिय युवा संघ ललितपुरको सहसचिव,नेपाल उत्पीडित विद्यार्थी संगठनको केन्द्रीय सदस्य भई २०६३ सालमा प्रजातान्त्रिक युवासंघ महिला बिभाग सदस्यीय तथा पार्टी ललितपुर ३ नं क्षेत्रीय सचिवालय सदस्य, २०६७ मा युवा संघको लाहान,बुटवल महाधिवेशनबाट निर्वाचित सदस्य भई ललितपुर ,उपत्यका इन्चार्ज महिला बिभाग प्रमुख, २०७६ मा सचिव हुँदै निरन्तर सामाजिक क्षेत्रमा सहभागी भईरहेकी छन् ।