
प्रधानमन्त्री बालेन शाहले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने एक मन्त्रीले जानकारी दिएका छन् । सरकारका समसामयिक विषयमा छलफल तथा आवश्यक निर्णय गर्न बैठक बोलाइएको जनाइएको छ। नयाँ सरकार गठनपछि बस्न लागेको दोस्रो मन्त्रिपरिषद् बैठक आज अपराह्न बस्दैछ । यसअघि गत शुक्रबार प्रधानमन्त्री बालेन शाह तथा मन्त्रीहरूको सपथलगत्तै पहिलो बैठक बसेको थियो ।
पहिलो बैठकले जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने र शासकीय सुधारका लागि १०० बुँदे कार्यसूची सार्वजनिक गर्ने निर्णय गरेको थियो । आजको बैठकले सोही १०० बुँदे सुधार एजेन्डालाई कार्यान्वयनमा लैजान आवश्यक थप निर्णय गर्ने जनाइएको छ ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)

































































































































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google