
रसुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ । यसअघि समितिलाई भंग गरेको रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति बनाएको हो ।
उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन,सह सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले छन् ।
नयाँ नेतृत्व चयनका लागि पार्टीले स्वस्तिका लामिछानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । तीन सदस्यीय निर्वाचन समितिका थप दुई सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी थिए ।
रसुवा जिल्ला भेला तथा तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय तहका नेताहरु पुगेका थिए । महामन्त्री भूपदेव शाह सहित संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमतीका सभापति डा. अच्यृत्तम लामिछाने, बागमती महामन्त्री सुरेन्द्र भट्ट लगायतका नेताहरु रसुवा पुगेका थिए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)















































































































































































































































































































































.jpg)





प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google