काठमाडौं । संसदीय समितिको नेतृत्व कसले पाउने भन्नेबारे प्रमुख तीन दलबीच सहमति जुटेको छ । आइतबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ , नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र तीनै दलका सचेतकसहितको बैठकले संसदीय समितिको टुंगो लगाएको एक नेताले जानकारी दिए
सहमतिअनुसार एमाले सार्वजनिक लेखा, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व र अर्को एउटा समिति एमालेले पाउनेमा सहमति जुटेको छ ।