अपानि जारी गर्दै एकीकृत समाजवादीले भन्याे - पार्टीलाई मुलुकको क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ

दर्पण दैनिक १५ माघ २०८१,१३:४७
post

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको छ । अध्यक्ष माधवकुमार नेपालले जारी गरेको अन्तरपार्टी निर्देशन –अपानि) मा आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन गर्दै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख छ ।

नेपालले दक्षिणपन्थी अवसरवादका विरुद्ध हाम्रो विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने दायित्वलाई मध्यनजर गर्न पार्टी पंक्तिलाई आग्रह गरेका छन् । ‘दक्षिणपन्थी अवसरवादका विरुद्ध हाम्रो विद्रोह र पार्टीको पुनर्गठनलाई नेपालको कम्युनिष्ट आन्दोलनकै पुनर्गठन र रूपान्तरणमा बदल्ने हाम्रो दायित्वलाई मध्यनजर राख्दै पार्टी स्थायी कमिटीले गरेका निर्णयहरूलाई आआफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्न सबकल्पबद्ध होऔं ।’


अपानीमा भनिएको छ, ‘हामीलाई बाहिरबाट आक्रमण गर्ने र भित्रबाट विभाजित गर्ने अनेक षडयन्त्रहरू हुँदै आएका छन्, जसलाई हामीले सामना गर्दै आएका छौँ । आन्तरिक एकता, जनजागरण तथा जनपरिचालन र आन्दोलनद्वारा ती सबैको उत्तर दिँदै पार्टीलाई मुलुकको अपरिहार्य क्रान्तिकारी शक्तिका रूपमा विकास गर्न अघि बढौँ !! अनेक चुनौतिहरू छन्तर हाम्रा कमजोरी र सामर्थ्यलाई पहिचान गरेर अगाडि बढदा हाम्रा अगाडि झन धेरै सम्भावना छन भन्ने तथ्यलाई आत्मसात गर्दै अगाडि बढौं ।’

संसद अधिवेशन आह्वान हुनु अगाडि एकीकृत समाजवादीका सांसदहरू बूढानीलकण्ठ, बालुवाटार र शितल निवासमा पार्टी फुटाउन सहज हुने गरी राजनीतिक दलसम्बन्धि अध्यादेश मागेर धाएको थाहा पाएपछि नेतृत्व सशंकित बनेको हो। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउँदा पार्टी फुट्ने त्रास भएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई साथमा लिएर अध्यक्ष नेपालले समाजवादी मोर्चा र विपक्षी दलको साथमा अध्यादेश नल्याउन चेतावनी दिएका थिए । यद्यपी पछिल्लो समय सरकारको सिफारिसमा राष्ट्रपतिमार्फत माघ १८ गते बस्ने गरी संसद् अधिवेशन आह्वान भइसकेको छ ।

नेपालले कम्युनिष्ट आन्दोलनमा रूपान्तरणको कार्यभार एकीकृत समाजवादीमा आएको नेपालको भनाई छ। ‘कम्युनिष्ट आन्दोलनमा रूपान्तरणको कार्यभार सिद्धान्ततः नेपालका सबै इमान्दार कम्युनिष्टहरूको कार्यभार हो । तर व्यवहारिकरूपमा यो कार्यभार हाम्रो काँधमा आएको छ । अरु कसैले त्यो जिम्मेवारी वहन नगरेको हुँदा हामीले नेकपा (एकीकृत समाजवादी) गठन गरेर अगाडि बढनु परेको तथ्य हामी सबैले बुझेका छौं । त्यसैले हाम्रा समस्या र चुनौति वा उपलब्धी र सफलता समग्र कम्युनिष्ट आन्दोलनकै विषय हुन्’ अपानिमा भनिएको छ ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: