लापरवाही गर्ने ठेकेदार खोज्दै एमाले सांसद भगबती चौधरी

दर्पण दैनिक २० माघ २०८०,१२:१२
post

सुनसरी । रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।

रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको, एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरीले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।

‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन । ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् ।’ चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिइन् ।

रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको थियो भने, चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएपनि सडक निर्माणको कामभने सुस्तगतीमा हुँदा स्थानीय आक्रान्त बनेका छन् ।

गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएपनि साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराउँदै धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।

स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक, पुल लगायत विकास निर्माणका कार्यहरुको अनुगमनमा रहेकी चौधरीले जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४
post

नाउपाको अध्यक्षमा लालवीर

१६ श्रावण २०८२,१८:४९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: