काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बालाजुमा सर्ने भएको छ । वसुन्धराको भवन साँघुरो भएपछि बालाजुमा सार्न लागिएको हो । पार्टी स्थापनाको अवसर पारेर ७ असराबाट बालाजुमा सारिने प्रवक्ता डा मुकुल ढकालले बताए ।
पार्टीको अनुशासन कमिटीका संयोजक भरतमणि देवकोटाको घरमा कार्यालय सार्न लागिएको उनले बताए । मासिक ३ लाख ५० हजार भाडामा ६ तलाको घर रास्वपाले लिन लागेको हो । जसमा ४ वटा फ्ल्याट रास्वपाले प्रयोग गर्ने छ ।