काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्की विवादमा तानिएकी छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिन पशुपति आर्यघाट पुगेकी उनले सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले विवादमा तानिएकी हुन् ।
उनले दिएको अभिव्यक्ति चौतर्फी विरोध भएपछि उनले फेसबुकमार्फत आफ्नो स्पष्टीकरण समेत दिएकी छिन् । कसैको मनोभावनामा चोट पुग्न गएको भए उनले क्षमा पनि मागेकी छिन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘मिडियाकर्मी साथीहरूले लिनुभएको बाइटलाई तोडमोड गरी राखिएकोमा, पूरा भिडियो सुन्नु हुन आग्रह गर्न चाहन्छु र साथै तोडमोड गरी राखिएको अभिव्यक्तिले कहीँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु ।’
‘सम्माननीय प्रधानमन्त्रीज्यूकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदरणीय आमा सीता दाहालको असामयिक निधनले समग्र देशवासीलाई मर्माहित तुल्याएको छ । जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान् तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागि दिनुभएको योगदानलाई इतिहासले सम्झनुपर्छ’ कार्कीले लेखेकी छन् ।
उनले पशुपतिमा मिडियासँगको दिएको अन्तर्वार्तामा भनेकी थिइन्, ‘आफ्नै श्रीमतीलाई त समय दिन सक्नुभएन अथवा हेरचाह गर्न सक्नुभएन भने राष्ट्रका लागि के गर्नु होला त भन्ने प्रश्नहरू उठिरहेका छन् । त्यो कारणले सायद मैले (उहाँ) ब्यालेन्स नै तरिकाले लाग्नुभएको भनेर म बुझ्छु।’
तर, उनको भनाइको अन्तिम वाक्य काटेर भिडिओ भाइरल गराइयो । जसले उनले भनेको भन्दा फरक अर्थ लगायो ।
उनको उक्त भनाइभन्दा पनि श्रद्धाञ्जली दिन आर्यघाट पुगेर अन्तर्वार्ता दिनु नै गल्ती भएको सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । मृत्युजस्तो संवेदनशील विषयमा पनि यसप्रकारको अभिव्यक्ति दिनुलाई धेरैले सांसद कार्कीलाई बुझेर पनि अबुझ भएको, मिडिया स्टन्टबाजी मात्र भएको आरोप लगाएका छन् ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)























































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google