सरकारको नीति तथा कार्यक्रम र १६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित

दर्पण दैनिक १ जेष्ठ २०८१,११:५४
post

काठमाडाैं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र १६औँ पञ्चवर्षीय योजना मन्त्रिपरिषद्‌बाट पारित भएको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग बैठकका निर्णय जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले सरकारले विभिन्न चरणमा छलफल भएर १६औँ योजना पारित गर्ने निर्णय गरेको बताइन् ।

त्यस्तै सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम पनि पारित गर्ने निर्णय गरेको उनको भनाइ छ ।

‘सम्माननीय राष्ट्रपतिज्युद्वारा संघीय संसदको संयुक्त बैठकलाई नीति तथा कार्यक्रम प्रश्तुत गर्न आह्वान गर्नुभएको थियो, त्यसबारेमा छलफल भयो । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ,' उनले भनिन्, 'राष्ट्रिय योजना आयोगबाट तयार भएको विभिन्न चरणमा छलफल भएर १६औँ योजना पनि पारित गर्ने निर्णय भयो ।’

सरकारको तर्फबाट आज ३ बजे राष्ट्रपति पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको आगमी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९