काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता नरेश ज्ञवालीले पार्टी परित्याग गरेका छन् । नेकपा एमाले विभाजन हुँदा ज्ञवाली एकीकृत समाजवादीतिर लागेका थिए । तर विभाजनको औचित्य पुष्टि नहुने भन्दै ज्ञवालीले पार्टी परित्याग गरेका छन् ।
उनी एमालेको स्थापनाकालदेखि सक्रि नेता हुन् । तीस दशक राजनीतिमा बिताएका उनले एकीकृत समाजवादीमा रहेर कम्युनिष्ट आन्दोलन अगाडि बढ्ने नदेखेपछि पार्टी परित्याग गरेकाे बताए । ज्ञवालीलाई एकीकृत समाजवादीले केन्द्रीय लेखा परिक्षण आयोग सदस्यको जिम्मेवारी दिएको थियो ।