एमालेले मंसिर १४ बाट मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने

दर्पण दैनिक २२ कार्तिक २०८०,१७:३०
post

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सम्पन्न भएको छ । एमाले मुख्यालय च्यासलमा बसेको बैठकले यहि मंसिर १४ गते बिहान साढे ८ बजे झुलाघाटबाट मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको सुरुवात गर्ने निर्णय गरेको छ । ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको अभियानको सुरूवात बैतडीको झुलाघाटनमा अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर सुरुवात गर्नुहुने छ ।

सामाजिक सद्भाव र एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकताको आधार निर्माण गर्ने उदेश्य अभियानको रहेको एमालेले जानकारी दिएको छ । अभियानले पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टी ७५ औं वर्षमा पुगिरहँदा यो बीचमा के काम गर्‍यौं भन्ने सन्देशसँगै यो देशलाई हामीले नै राम्रो बनाउन सकिन्छ भन्ने सन्देश पनि दिने उदेश्यले अभियानको थालनी गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: