काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा वामपन्थी र कम्युनिष्ट आन्दोलनको राम्रो सम्भावना रहेको बताएका छन् । शनिबार काठमाडौँमा एकदेव आलेको ५६ औँ स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अझै कम्युनिष्ट पार्टीको जनतामा राम्रो प्रभाव रहेको बताए ।
उनले अहिले कम्युनिष्ट पार्टीप्रति मात्रै नभई सिंगो राजनीतिप्रति नै वितृष्णा पैदा हुने अवस्था बनेको बताए । उनले कम्युनिष्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए देशमा अचम्मको परिवर्तन गर्नसक्ने अवस्था रहेको बताए ।
देश संकटमा परेको बेलामा कम्युनिष्ट पार्टीको आवश्यकता हुने उनको भनाइ थियो । उनले भने, ‘कम्युनिष्ट पार्टी एकताबद्ध भएर अगाडि बढेको भए र यो कम्युनिष्ट पार्टीले पाएको अवसरको राम्रो सदुपयोग गर्न सकेको भए हामी अचम्मको परिवर्तन गर्नसक्थ्यौँ, जनताले चाहेबमोजिमको परिवर्तन । देश र जनताको समस्यालाई जसले सम्बोधन गर्दछ, जनताले उसैलाई सम्मान गर्छन् । देश संकटमा छ भने कम्युनिष्ट पार्टी चाहिन्छ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google