
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष ससुवास नेम्वाङको अन्त्येष्टि गरिएको छ । दुई छोराहरु मिङ्सो र सुहाङले उनलाई दागबत्ती दिएर अन्त्येष्टि गरेका हुन् ।
सो क्रममा नेपाली सेनाले सलामी अर्पण गरेको थियो भने उनको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हाे । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरेका थिए ।
उनको अन्तिम संस्कारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, मन्त्रीहरू, एमाले अध्यक्ष केपी ओली, दलका शिर्ष नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुकको बाक्लो उपस्थिति छ । नेम्वाङको सोमबार राति हृदयघातका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google