नीति कार्यक्रममा बोल्नु नबोल्नुको अर्थ छैन : बुद्धिमान तामाङ

दर्पण दैनिक १३ जेष्ठ २०८०,१८:२८
post

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका उपनेता बुद्धिमान तामाङले सरकारको नीति तथा कार्यक्रमको औचित्य नभएको बताएका छन् ।

शनिबारको प्रतिनिधिसभा बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रमको छलफलमा सहभागी हुँदै उनले आफूहरूले नीति तथा कार्यक्रममा योजना अघि बढाउन खोज्दा नपाएको गुनासो गरे । 

‘यो नीति तथा कार्यक्रममा भाग लिनुको के अर्थ भयो र । केहीअघि हामीले योजना समावेश गर्न खोज्दा सम्बन्धित मन्त्रालयले पहिले नै अगाडि बढाएको भनियो,’ उनले भने, ‘अब हामीले बोलेर पनि के हुन्छ र ? बोल्नु र नबोल्नुको कुनै अर्थ छैन । तर जे भए पनि आफ्नो धर्म निभाउनै पर्‍यो ।’  

उनले वर्तमान सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सुन्नका लागि मात्रै कर्णप्रिय भएको बताए । तर, यो लक्ष्यविहीन रहेको टिप्पणी गर्दै उनले सरकारको गन्तब्य पनि स्पष्ट नभएको टिप्पणी गरे ।

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९