उपनिर्वाचनबाटै रास्वपा र जनमतको राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ : पूर्ण बस्नेत

दर्पण दैनिक २० चैत्र २०७९,१३:४३
post

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले उक्त टिप्पणी गरेका हुन् ।

राजनीतिको नाममा सस्तो लोकप्रियतामा आत्मरती गर्ने र जनतालाई भ्रमित पार्ने काम भइरहेको छ । यिनीहरुले आन्दोलनका महत्वपूर्ण उपलब्धीहरुमाथि हिलो छ्याप्ने काम गरिरहेको बस्नेतले दाबी गरेका छन् ।

‘राजनीतिमा अराजनीतिक तत्वको प्रवेशले लोकतन्त्र, समानुपातिक समावेशीता, गणतन्त्र, संघीयता नीरिह हुन थालेको छ । बाह्रय हस्तक्षेप र प्रभाव बढाउने काम भएको छ । उपनिर्वाचनले रास्वपा र जनमतको उरन्ठेउलो राजनीतिलाई पूर्ण विराम लगाउनुपर्छ,’ बस्नेतले भनेका छन् ।  
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९