काठमाडौँ । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयश त्रिपाठीले कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । शनिबार भैरहवा काराकारमा पुगेर त्रिपाठीले लामिछानेलाई भेटेका हुन् ।
लामिछानेसँगको भेटपछि उनले रवि प्रतिशोधको शिकार भएको र उनी उच्च मनोबलका साथ न्यायको पर्खाइमा रहेको बताएका छन् । त्रिपाठीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पूर्व उपप्रधानमन्त्री रवि लामिछानेजी सँग हिजो भैरहवा कारागारमा भेट भयो । प्रतिशोधको शिकार रविजी उच्च मनोबलका साथ न्यायको पर्खाइमा हुनुहुन्छ।’
त्यस्तै उनले सहकारी ठगीमा मुख्य आरोपितहरु सत्ताको संरक्षणमा अनुसन्धानमा समेत नतानिएको र रविलाई थुनेर आफ्नालाई जोगाउन सत्ता नै लागेको आरोप लगाएका छन् । ‘खुन्खार सहकारी अपचलनका अपराधीहरु सत्ताको संरक्षकत्वमा अनुसन्धानको घेरा बाहिर घुम्दैछन। रविजीको विषयमा चर्चा गराएर आफ्नालाई जोगाउन सत्ता लागेको बुझिन्छ। भाइ देर है अन्धेर नहि – चेतना भया।’, उनले लेखेका छन् ।
हृदयश त्रिपाठीले सत्यको पक्षमा आवाज उठाएको भन्दै रास्वपा उपसभापति स्वर्णिम वाग्लेले समेत धन्यवाद दिएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google