एउटै मञ्चबाट सम्बाेधन गर्दै पाँच बामपन्थी नेता

दर्पण दैनिक १ जेष्ठ २०८०,०८:३८
post

काठमाडौं । विद्यार्थी एकता दिवसको अवसर पारेर पाँच बामपन्थी विद्यार्थी संगठनले विशेष कार्यक्रम गर्ने भएका छन्। नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपा निकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्न लागेका हुन्।

जेठ १ गते राष्ट्रिय नाचघरमा हुने विद्यार्थी दिवस र अबको बाटो विषयक कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए।

उनका अनुसार नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव सहभागी हुनेछन् ।
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९