नेविसंघको काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीलाई

दर्पण दैनिक २८ श्रावण २०८०,१२:५३
post

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को काठमाडौं जिल्ला अध्यक्षको जिम्मेवारी अंशुल केसीले पाएका छन् । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले केसीलाई काठमाडौं जिल्ला अध्यक्ष पदको जिम्मेवारी दिएका हुन् ।

यसअघिका अध्यक्ष मनिष डंगोल नेविसंघ केन्द्रीय सदस्य बनेपछि काठमाडौं जिल्ला अध्यक्ष पद रिक्त थियो । पदमा अंशुल केसीलाई जिम्मेवारी दिइएको हो । यसअघि अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जथाभावी जिम्मेवारी तोकेको भन्दै उनी असन्तुष्ट थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: