काठमाडाैं । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा ५ चैतमा हुने चुनावका लागि शनिबार मनोनयन दर्ता भएको छ । देशभरका क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुँदा विभिन्न पाँच क्याम्पसमा नेपाली कांग्रेसनिकट नेविसंघका पाँचजना स्ववियु सभापति निर्विरोध निर्वाचित भएको नेविसंघले जनाएको छ ।
नेविसंघका अनुसार पाँचथर बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा मुना नेपाली, प्युठान क्याम्पसको स्ववियु सभापतिमा हिमाल केसी, सिन्धुली बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा कृष्ण लामिछाने, त्रिभुवन आदर्स क्याम्पसको स्ववियु सभापतिमा सविन रेग्मी र मालुङ्गा बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियु सभापति संजीवनी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।