काठमाडाैं । माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत बुधबार संसदमा नीति तथा कार्यक्रममाथि छलफलका क्रममा एमाले अध्यक्ष केपी ओलीको सम्बोधनको काटाक्ष गरेका थिए । अहिलेको सरकारले भ्रष्टाचारको छानबिन र राम्रो काम गरेको देखेर एमाले अध्यक्ष ओलीलाई चिन्ता भएको टिप्पणी गरेका थिए ।
उनले रोष्टमबाट भनेका थिए, ‘सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्नुभयो । उहाँ (केपी ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्ड भए ? यति ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा २ अर्बको भ्रष्टाचार । त्यतिमात्र होइन पशुपति नाथको जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएर गरेका हजारौँ भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा गर्न नसकेको अहिलेको सरकारले गर्छ,’ उनले भनेका थिए ।
नीति तथा कार्यक्रममाथि सार्थक बहस गर्नुपर्नेमा अध्यक्ष ओलीले छलफलको ढोका पनि बन्द गरेको उनले टिप्पणी गरेका थिए । ‘सार्थक बहस हुनुपथ्र्यो । ढोका बन्द गर्नुभयो । यो नीति तथा कार्यक्रम खारेज गरेर पुनर्लेखनको लागि बोल्नुभयो । लामो बोझिलो प्रवचन सुन्दै गर्दा प्रयोगात्मक थिएन, आदेशात्मक थियो । ईश्र्या, कुण्ठा र पूर्वाग्रह थियो । प्रवचनमा अरुलाई होच्याउन माहिर हुनुहुन्थ्यो । तथ्यांकमा थिएन मिथ्यांकमा थियो । जनतालाई भ्रम पैदा गर्ने थियो । सरकारले राम्रो काम गर्न छ कि भन्ने चिन्ता थियो,’ उनले भनेका थिए, ‘गएको तीन वर्ष उहाँ सरकारमा जाँदा सात खर्ब ऋण थियो बाहिरिँदा १७ खर्ब ऋण कसरी भयो ?’