काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको दाबी गरेका छन् । शनिबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने बताएका हुन् ।
‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्ताको उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस्, नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’
उनले देशमात्र नभएर विश्वको ध्यान हाम्रो पार्टीको दसौँ महाधिवेशनतर्फ आकर्षित भएको जिकिर गरे । उनले भने, ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने हामीले अघि बढाइरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन कोशेढुंगा बनेर चर्चाको विषय बनिरहेनेछ ।’
नेपाली समाजमा भएका हरेक ठुल्ठुला उथलपुथललाई आफ्नो पार्टीले नेतृत्व गरेको उनको भनाई छ । उनले घटनाक्रमलाई निर्णायक मोड दिने पार्टी एकीकृत समाजवादी नै भएको उनले बताए ।


























































































1679298112.jpg)

































































































1674115170.jpg)





















.jpg)

























































































































































1691312161.jpg)































































































































































































































































































.jpg)






















































































































































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google